दफा २७
बढुवा समिति
(१) व्यवस्थापिका–संसद सेवाको राजपत्राङ्कित पदमा बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछः-
(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य – अध्यक्ष
(ख) महासचिव – सदस्य
(ग)   सचिवमध्येबाट सभामुखले तोकेको सचिव    -सदस्य
(घ) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव – सदस्य
(ङ) लोक सेवा आयोगको अध्यक्षले मनोनीत गरेको सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
(च) सचिवालय सचिव – सदस्य–सचिव
(२) बढुवा समितिको सचिवालय व्यवस्थापिका–संसद सचिवालयमा रहनेछ ।
(३) बढुवा समितिले आवेदन फाराम (दरखास्त) बुझाउने अन्तिम मितिले चार महिनाभित्र बढुवाको नतिजा प्रकाशन गर्नुपर्नेछ ।
(४) बढुवा समितिले कर्मचारीको बढुवाको सिफारिस गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।